समाज

स्वास्थ्य कर्मीलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्छ: अध्यक्ष मल्ल

नेपालगंज । दशैं तिहार, चाड पर्व, गाह्रो अफ्ठ्यरो नभनि नागरिकको स्वास्थ्य उपचार सेवामा समर्पित स्वास्थ्य कर्मीको महान कार्यलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्ने शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले वताए । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिती खजुराले शुक्रबार विजया दशमी,शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा    अध्यक्ष मल्लले उक्त कुरा वताएका हुन । अस्पताल

ट्रकले कुल्चिदा मोटरसाइकलमा सवार साहको घटनास्थलमै मृत्यु

चितवन । मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले

इस्टर्न हाइड्रोपावरले आइपीओ जारी गर्दै

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि जारी गरेको बांकि ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि

डेङ्गुबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बस्न लागेको हो । बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोत अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यो संगै इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएका

मनास्लु हिमपहिरोमा कम्तीमा १३ जना बेपत्ता

काठमाडौं । मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ । छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा

चाडै नेपाल फर्किएर झुटो जाहेरीको प्रतिवादी गर्छुः सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागी विदेशमै फरार रहेका क्रिकेटर सन्दीप लामिछानेले आफु बिरामी भएको बताएका छन् । आफुविरुद्ध झुटा जाहेरी परेको र छिट्टै नेपाल फर्किएर प्रतिवाद गर्ने उनको भनाई छ । गत ५ भदौमा पिंगलास्थानको होटलमा आफुमाथि बलात्कार भएको भनेर उनीविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् । विदेशमा रहेका सन्दीप अझै फर्किएका छैनन् । सामाजिक सञ्जालमार्फत उनले आइतबार यस्तो अपिल गरेका छन्ः १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले