समाज

सालकको खपटा सहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका-७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब

एक महिनामा दुई अर्ब बढीको मोबाइल नेपाल भित्रियो

काठमाडौं । एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल (स्मार्टफोन) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ ।   सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ।गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरूबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दल आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले

एसपी र डीएसपीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्लेस्लले ५ जना प्रहरी उपरीक्षक र १६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ । अर्को आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।

भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आउने भएका हुन् । उनी भदौ २३ सम्मनेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

कर्मचारीको पक्षमा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ‘कर्मचारी समायोजन कानुनविपरीत भएको’ भन्दै दायर भएका रिटमा परमादेश जारी गरेको छ । कानुनविपरीत भएका निर्णय सच्याउन सम्बन्धित मन्त्रालयलाई परमादेशमार्फत आदेश दिइएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिएका छन् । समायोजनविरुद्ध कर्मचारीले प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, संघीय मामिला मन्त्रालय लगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । यसैबीच, सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजनविरुद्ध निजामती कर्मचारीले दायर गरेका रिटहरु खारेज गरेको छ । जसमा लोक सेवा आयोग

निर्दोष भावनालाई फसाउन प्रहरीदेखी अदालतसम्म सेटिङ

काठमाण्डौ । विदेशमा सफल ब्यवसाय गरिरहेकी एक नेपाली चेलीलाई एक पुरुषले प्रहरीसँग मिलेर झुठो मुद्दा लगाएर जेलमा पुर्याएका छन् । महिलाले हनीट्रयापमा पारेर पुरुष फसाएका घटना त धेरै छन्, तर पुरुषले प्रहरीसँग मिलेर महिलालाई फसाएको घटना भने बिरलैै सुन्न पाइन्छ । जापानमा व्यवसाय गर्ने महिला भावना तामाङलाई फुर्वा तामाङले प्रहरीसँग मिलेर फसाएका छन् । फुर्वाको योजनामा प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मले साथ दिएका छन् । नेपाली चेली भावना तामाङ सन् २००७

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा

पेस्तोलसहित मोरङमाबाट २ युवक पक्राउ

विराटनगर । भारतबाट बिक्रीका लागि नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ १ जनालाई गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का १ व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय नविन धिमाल छन् । सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो। आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।