अध्यादेशबाट काम चलाउँदै बागमती सरकार
हेटौंडा । बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ । २ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ । साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो । अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद्










