‘फूलबारी’को पोस्टर सार्वजनिक
काठमाण्डौं । कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ अलग-अलग भावभंगीमा प्रस्तुत छन् । पोस्टरमा विपिनको गेटअपले ध्यान खिच्छ । उनी पाको उमेर (५०-५५ वर्ष) को पुरुषको रुपमा चित्रित छन् । शिरमा ढाकाटोपी र आँखामा