फिल्मी समाचार

पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् ।निशाले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ ।निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै पति शरदविरुद्ध मुद्दा मुद्दा दर्ता गरेकी हुन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग

अनमोल र दीपकराजले दिए एकअर्कालाई शुभकामना संदेश

शुक्रबारदेखि प्रदर्शनमा आएका सिनेमा ‘छड्के’ र ‘छक्का पन्जा ४’का मुख्य कलाकार अनमोल केसी र दीपकराज गिरीले एकअर्कालाई सफलताको शुभकामना दिएका छन् । अनमोलले फेसबुक मार्फत दुवै सिनेमाको पोस्टर शेयर गर्दै नेपाली सिनेमाको संरक्षण गर्नु दायित्व रहेको प्रष्ट्याउदै शुभकामना दिएका हुन् । अनमोल लेख्छन, ‘सानैदेखि मेरो यो मान्यता छ कि, नेपाली सिनेक्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि

खादा मालासहित पल शाहलाई गरियो रिहा

काठमाडौं : नायक तथा मोडल पल शाह रिहा भएका छन् । पल आज सोमबार रिहा भएका हुन् ।नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका थिए। रिहा भएपछि पल खुशी देखिएका छन् । हजारौं शुभचिन्तकले मुद्दा जितेकोमा बधाई दिएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् । दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।

पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा

नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् । पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन्

सिनेमा 'ए साथी सुन'को शिर्ष गीत रिलिज

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ए साथी सुनको शिर्ष गीत रिलिज भएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा

'छक्का पन्जा ४'को ट्रेलर रिलिज

काठमाडौं : आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमा ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानाबाट शुक्रबार ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ३ मिनेट २१ सेकेन्डको ट्रेलरमा कमेडी, राजनीति, समसामयिक विषयवस्तुलाई देखाइएको छ। दिपकराज गिरी, केदार घिमिरे, बेनिशा पौडेल लगायतका कलाकारहरु ट्रेलरमा अटाएका छन् । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दिपकराज गिरी सिनेमामा कथा र लेखन

फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक

काठमाण्डौं । लोकप्रिय निर्गेशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि आवाज दिएकी छन् । गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, गीतले पारिवारिक खुसीसँगै पिडा पनि झल्काएको

‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने

काठमाडौं । चेलिबेटी बेचबिखनको विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्ने भएको छ । सो कम्पनीसँग छलफलका क्रममा रिलिज मिति तय भएको हो । चलचित्रमा सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी,

‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक काटेर मनाइयो

नेपालगंज । भाइटीकाको भोलीपल्ट (कात्तिक ११ गते) बाट प्रदर्शन आएको  चलचित्र ‘महापुरुष’ले शनिबारदेखी काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । सो अवसरमा नेपालगंजको वागेश्वरी क्यु एफएक्समा केक काटेर प्रदर्शनको ५१ औ दिन मनाइएको हो । चलचित्र पत्रकारसंघ बांके शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकारसंघ बांके शाखा अध्यक्ष रामचन्द्र पौडेल, वागेश्वरी क्यु एफएक्सका प्रबन्ध निर्देशक संजिव शाक्यले सयुक्त रुपमा ५१ औ दिनको केक

बैशाख १ मा ‘नाईं नभन्नू ल ६’, र ‘भगवत् गीता’ रिलिज हुने निश्चित

काठमाण्डौं । नयाँ वर्ष २०८० बैशाखमा दुई नेपाली फिल्मबीच भिडन्त हुने देखिएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको छ भने यही मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि फिल्म रिलिज हुने जानकारी दिए । यतिबेला विर्तामोडमा फिल्मको छायांकनकामा रहेका आचार्यले भने- ‘मंसिरभित्र फिल्मको छायांकन