चलचित्र पत्रकार संघमा समिर बलामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिती चयन भएको छ । समिर बलामीको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको नयाँ कार्यसमिती चयन भएको हो ।  संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ बिजयी भए । यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भए ।  संघको महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा मनिषा कार्की बिजयी हुँदा सह–कोषाध्यक्षमा मनिष दाहाल

खादा मालासहित पल शाहलाई गरियो रिहा

काठमाडौं : नायक तथा मोडल पल शाह रिहा भएका छन् । पल आज सोमबार रिहा भएका हुन् ।नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका थिए। रिहा भएपछि पल खुशी देखिएका छन् । हजारौं शुभचिन्तकले मुद्दा जितेकोमा बधाई दिएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् । दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।

पल शाहलाई उच्च अदालत पोखराले  दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल आज (सोमवार) जेलबाट रिहाइ हुदैछन । बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका

के सम्भवको प्रेममा छिन् शृङ्खला ?

नेपाली मनोरञ्जन र फेसनको बजारमा विगत केही महिनादेखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा संभव सिरोहियाको प्रेममा रहेको चर्चा चलिरहेको थियो । भ्लगर सिसन बानियाँसँग ब्रेकअपपछि श्रृङ्खला र संभवको प्रेम चर्चा सुरु भएको हो ।  यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको  प्रेम चर्चामा बल मिलेको छ । संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा

पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा

नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् । पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन्

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। सोमबार बिहान थाईल्याण्डबाट फर्किंदै गरेका उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध उजुरी दिएका थिए । रेग्मीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोप लगाइएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया हुने प्रहरीले बताएको छ। प्रतिलिपि अधिकारको बिषयलाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीच भएको विवादपछि प्रमोदलाई साथ दिने अन्य दर्जनौँ कलाकारहरु माथी समेत रेग्मीले नकारात्मक

सिनेमा 'ए साथी सुन'को शिर्ष गीत रिलिज

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ए साथी सुनको शिर्ष गीत रिलिज भएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा

'छक्का पन्जा ४'को ट्रेलर रिलिज

काठमाडौं : आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमा ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानाबाट शुक्रबार ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ३ मिनेट २१ सेकेन्डको ट्रेलरमा कमेडी, राजनीति, समसामयिक विषयवस्तुलाई देखाइएको छ। दिपकराज गिरी, केदार घिमिरे, बेनिशा पौडेल लगायतका कलाकारहरु ट्रेलरमा अटाएका छन् । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दिपकराज गिरी सिनेमामा कथा र लेखन

दुइ सातामा ‘के लत बस्यो’ लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडौं । गायक तिलकसिंह पेलाको स्वर रहेको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो भने एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले

'आरआरआर’को ‘नाटु नाटु’ ओस्कर अवार्डको मनोनयनमा पर्यो

काठमाडौं । भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५ औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ। ‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।