‘नाईं नभन्नू ल ६’ को पहिलो गीत रिलिज
काठमाडौं : नयां वर्षका अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो ।गीतमा विकाशराज आचार्यले शब्द, शरद शंकरको संगीत रहेको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्रीको अभिनय हेर्न सकिन्छ । बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई समावेश गरिएको