टिकटक स्टार आयुष–एलिजेको जोडी राहत  सहित पुगे जाजरकोट

दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।  दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।  उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई

'गैर आवासिय नेपाली तारा २०२३' को डिजिटल अडिसनको लागि थपियो समय

दर्शन सुनार, कतार : गायन तथा नृत्य प्रतियोगिताको कार्यक्रम ‘गैर आवासीय नेपाली तारा २०२३’को डिजिटल अडिसनको लागि मिति थपिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन गईरहेको ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करणको  डिजिटल अडिसनको लागि चार दिन थप समय थपिएको आयोजक टिमले जनाएको छ। ‘नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ’ भन्ने मुल नाराका साथ राष्ट्रिय

जब अमृता 'देउरालीलाई भेटी' गाउँदै स्टेज उक्लिइन्..!

दर्शन सुनार, कतार : गायिका अमृता श्रीपालका गीतहरू बजारमा थोरै छन्। तर पनि उनले गाएका केही गीतहरूको लोकप्रियताका कारण उनको माग विभिन्न सांगीतिक कार्यक्रममा भइरहन्छ। मिठो स्वर भएकी अमृता नेपालसँगै विदेशका कार्यक्रममा पछिल्लो समय व्यस्त छिन्। यसैबीच, उनी हाल मात्रै सांगीतिक कार्यक्रमका लागि कतार आइन्। शुक्रबार कतारमा सम्पन्न ‘नुवाकोट सांगीतिक साँझ’मा उनले आफ्नो प्रस्तुति दिएकी थिइन्। नेपालबाट कलाकारको रुपमा निमन्त्रणा गरिएकी उनको प्रस्तुति हेर्नको लागि हलमा दर्शकहरुको बाक्लो उपस्तिथि थियो। जब

नुवाकोट सांगीतिक साँझको लागि कतार आए कलाकार

दर्शन सुनार, कतार :  नुवाकोट नेपाली समाज दोहा कतारले शुक्रबार सांगीतिक कार्यक्रम गर्दैछ। बडादशै, दीपावली, नेपाल संवत्  र छठ पर्वको शुभकामना आदानप्रदान तथा नुवाकोट सागिंतिक साँझ २०२३ मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी चर्चित गायिका अमृता श्रीपाल,लोक तथा दोहोरी गायक सरोज लामिछाने, म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राती कतार आईपुगेका हुन् । कलाकारहरुलाई स्वागत गर्नको लागि नुवाकोट   नेपाली समाज

शो कम दिएको भन्दै ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमको घोषणा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र दिमाग खराब निर्माण टिमले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । निर्देशक निश्चल बस्नेतले बिहीबार सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाण्डौं : अभिनेत्री तथा मोडेल दिपाशा बीसीको २८ बर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित बीसी २०५२ सालमा सुर्खेतमा जन्मिएकी हुन । दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा समेत अभिनय गरेकी बीसी अविवाहित हुन । उनको

मानवीय सेवाका लागि नेपालगंजमा सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने

नेपालगंज: आगामी शुक्रबार नेपालगंजमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने भएको छ । मंगलबार नेपालगंजमा आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन गरी कात्तिक २४ गते हुने कन्र्सटको तयारी तिव्र गतिमा अगाडी बढेको जानकारी गराएको छ । कालपृष्ठ दैनिकले आयोजना गरेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए । कन्सर्टमा गायक सुनिलसँगै एक दशकदेखि नेपालगन्जमा

रामेछाप समाज कतारको साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न

दर्शन सुनार, कतार :  रामेछाप सेवा समाज कतारले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विजयादशमी एवं शुभ दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम २०२३ भव्य रुपमा सम्पन्न गरेको हो । समाजका अध्यक्ष नर बहादुर घिसिङको सभापतित्व तथा समाजका विशेष सल्लाहकार सुर्य भन्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित समाजसेवी तथा युवा व्यवसायी नवाङ ढुन्डुप लामा विशिष्ट अतिथिको रुपमा रहेका थिए। विधिवत उद्घाटनसहित सुरु भएको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष

कतारमा हुने 'गैर आवासीय नेपाली तारा २०२३'को डिजिटल अडिसन खुल्ला

दर्शन सुनार, कतार : राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ कतारमा ‘ गैर आवासीय नेपाली तारा २०२३’को चौथो सिजन आयोजना हुनेभएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु समाज कतारको संयुक्त आयोजनामा ‘नेपाली तारा २०२३’ कार्यक्रम आयोजना गर्न लागिएको हो। उक्त कार्यक्रम गायन र नृत्य विधा गरि दुई विधामा हुने मंगलबार साझँ बसेको आयोजक कमिटिको बैठकले जनाएको छ । बैठकले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि मुल आयोजक समितिसहित ११

गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’ सार्बजनिक

काठमाडौं : तीन दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक भएको छ । शनिबार ओएसआर डिजिटल युट्युप च्यानलबाट सार्वजनिक गरेको गीतमा सागर शरद अधिकारीको संगीत, सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।माया प्रेममा एक प्रेमीले प्रेमिकाप्रती पोखेको पीडा साथै परिवार सदैव मिलेर बस्नुपर्छ भन्ने कथाबस्तुलाई देखाइएको गीतको शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन । गीतको मोडलिङमा गायक पोखरेललाई उषा उप्रेतीले साथ दिएकी