राजनीति

सत्ता समीकरणबारे कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त छलफ गर्दै

काठमाडौं । सत्ता साझेदारीका विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्त रुपमा छलफलमा जुट्दैछन् । आज दिउँसो २ बजे तीन दलको बैठक बस्ने जसपाका नेता राजकिशोर यादवले जानकारी दिएका छन् । तीन दलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकारको समिकरणका बारेमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम

दोस्रो तहका नेताहरुको प्रयासमा ओली र नेपाल पक्षबिच धुम्बाराहीमा छलफल सुरु

काठमाडौं । महिनौं लामो तिक्तता तोड्दै नेकपा(एमाले)का नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल सुरु भएको हो । यो छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन् ।केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु समेत छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । एउटा रोचक दृश्य के देखिएको छ भने ओली र नेपालसँग

फुटको यात्रामा नेकपा एमाले

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह

भरुवा बन्दुक सहित बाँकेमा माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ

नेपालगंज । बाँकेमा हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रबिन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शनिबार  थारुको घरमा छापा मारेको थियो । थारुलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको घरबाट हतियार समेत बरामद गरेको जनाएको छ

बरिष्ठ नेता नेपाल लगायत एक दर्जनलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए । एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा

नेकपा एमालेमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी विस्तार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी खोसेपछि नेपाल खनाल पक्षको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाउन सुरु गरको हो । नेपाल खनाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाइ जिम्मा दिएको छ

माओवादी केन्द्रद्वारा गृहमन्त्री थापा सहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषवाट फिर्ता हुन निर्देशन दिएको हो । बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

बालुवाटारमा आज निर्णायक वार्ता गर्दै सरकार र जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले आज (शुक्रबार) सरकारी पक्षसँग निर्णायक वार्ता गर्ने भएको छ । अपरान्ह ४ बजे वालुवाटारमा बोलाइएको कार्यदलको बैठकले निष्कर्ष निकाल्ने नेताहरुले बताएकाछन् । जसपाका नेता राजेन्द्र महतोले आजै बस्ने कार्यदलले निष्कर्ष निकाल्ने र सहमति बनेको खण्डमा अघि बढ्न सकिने जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति नबने नयाँ समिकरणमा जान सकिने बाटो खोलिने जसपाले जनाएको छ । हिजोको वार्ता सकारात्मक

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’ सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक

सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै विप्लवले फिर्ता पठाए सुरक्षाकर्मी

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएपनि उनलेे फिर्ता गरिदिएका छन । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए। तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी