मतदानमार्फत जनप्रतिनिधिको मूल्याँकन गर्दै जनमत
काठमाडौं । जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधीको अनुमोदन मुल्याङ्कन मतदान (जनमत संकलन) गर्न सुरु गरेको छ । उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ । जनमत पार्टीको उक्त प्रायासलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रुपमा लिइएको छ । आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरुको काम गराईबाट नागरिक सन्तुष्ट छन् कि