नवनियुक्त मन्त्रीहरुको शपथ आज
काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीलाई आज (बिहिवार) शपथ गराइने भएको छ । बुधबार नेपाली कांग्रेसबाट नियुक्त तीन जना मन्त्रीहरुको आज (बिहीबार) दिउँसो ३ बजे शपथ गराइने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र