कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निस्कासित
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिनेलाई पाँच वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी दिएका छन् । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत