राजनीति

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो। आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।

अध्यादेशबाट काम चलाउँदै बागमती सरकार

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ । २ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ । साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो । अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद्

गुल्मी-२ बाट विर्वाचन लड्ने झाँक्रीको घोषणा

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सासंद रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र-२ बाट विर्वाचन लड्ने घोषणा गरेकी छन् । सासंद झाँक्रीले आइतबार फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर दुईमा विर्वाचन लड्ने जानकारी दिएका हुन् । एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएका छन् । झाँक्री यसअघि नेकपा एमालेबाट समानुपातिक सासंद बनेका थिए । गुल्मी क्षेत्र-२ मा एमालेका गोकर्ण विष्ट सासंद छन् ।

कांग्रेस नेता प्रदीप गिरीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको  उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए । उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो । लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना

माओवादीको २१ सदस्यीय पदाधिकारीको टुङ्गो लाग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । माओवादीले आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको छ । समानुपातिक समावेशी प्रतिनिधित्व सहितको वर्तमान राज्य व्यवस्थाका हिमायती पार्टीको रूपमा स्थापित माओवादीको पदाधिकारी भने असमावेशी बनेको छ । माओवादीले २१ सदस्यीय पदाधिकारी बनाएको छ । तर पदाधिकारीमा एक जना मात्र महिलाले स्थान पाएका छन्

पद मागेर पाउने होइन : महासचिव गुरुङ

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले गुरुङलाई महासचिवमा सर्वसम्मत रुपमा चयन गरेको हो । महासचिवमा चयनपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने बताएका छन् । महासचिव गुरुङले पद मागेर पाउने विषय नभएको बताएका हुन् । ‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’, महासचिव गुरुङले भने,

माओबादीको महासचिवमा देव गुरुङ

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा । यो सँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन् । त्यस्तै उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद

संघीयता बलियो भए मात्र शहीदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन् । शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक