निर्वाचनमा मिलेर जाने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं । सत्तारुढ गठबन्धनले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो । बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनाएको छ । स्रोतका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर काकी छन् । माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् । नेकपा एकीकृत समाजवादीबाट