राजनीति

बागमती प्रदेशमा कांग्रेस र नेकपा (एस)ले आधा–आधा समय सरकारको नेतृव गर्ने

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आधा–आधा समय सरकारको नेतृतव गर्ने भएका छन् । पाँच दलीय गठबन्धनमा रहेका शीर्ष नेताहरुबीच यस्तो सहमति भएको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । अल्पमतमा रहेका मुख्यमन्त्री विश्वासको मत पाउने सम्भावना छैन । बागमतीमा पाँचदलीय गठबन्धनको बहुमत रहेकाले अगामी सरकारको नेतृत्व कांग्रेस र एकीकृत समाजवादीले गर्ने दाबी गर्दै आएका थिए । सुरुमा

काँग्रेसले बाढी–पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ । बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन्

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए । एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । कार्यालय सचिब तामाङका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी, बैठक ४ बजेसम्म स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बुधबार बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली र शाहीलाई सभामुखले तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका थिए । बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्लीबहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार

माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार आजको बैठकमा सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने भएको छ । साथै, समसामयिक राजनीति विषयमा छलफल हुने भएको छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । अब माओवादीले बढीमा चार

राजनितिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका

नेकपा एकीकृत समाजवादी एक हप्ताभित्रमा सरकारमा सहभागी हुँदै

पोखरा । नेकपा (एकीकृत समाजवादी) एक हप्ताभित्रमा सरकारमा सहभागी हुने भएको छ । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने जानकरी दिएका हुन् । उनले पहिले क्षमता हुनेहरुलाई मात्रै काम गर्न पठाउने बताए । उनले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । बैठक अपराह्न ६ बजेदेखि सात बजेसम्म भएको बताइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

धनुषा । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा सहभागी जनाउने निर्णय गरेको हो । बैठकबाट शत्रुधन महतालाई संसदीय दलको नेताका रूपमा चयन गरिएको छ । सरकारमा सहभागी हुने विषयमा महताले नै मुख्यमन्त्री लालबाबु राउतसँग समन्वय गर्ने छन् । सरकारमा सहभागी हुनेको नाम भने सहमतिका आधारमा टुंग्याइने बताइएको छ ।