राजनीति

ओलीलाई नेपालको साथ, प्रधानमन्त्रीको सपथ आजै

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि

काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज राति ९ बजे

नेपाल समुहलाई फकाउदै ओली, नेपालसहित चार नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । बालुवाटरमा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको ६ महिने निलम्बन फुकुवा गरेको हो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली माधव समूहलाई फकाएर अघि बढ्ने तयारीमा जुटेका हुन् । यसै क्रममा चार नेताको कारवाही फुकुवा गरिएको हो । दृष्टि

ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बाबुरामको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा सरकार गठन गर्नुपर्ने डा. भट्टराईले ट्वीटमार्फत यस्तो प्रस्ताव छ । भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसको मतलव उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न

गण्डकी प्रदेशमा गुरुङ नै मुख्यमन्त्री बन्ने संम्भावना

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखिएको छ । कांग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो । मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै कांग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् । राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको

नयाँ सरकार गठनको लागि कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सरकार गठनका लागि अन्य दलसँग छलफलको समय तय गरेको देउवाले त्यो भन्दा अगाडि पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि आवश्यक तयारीबारे छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

नेपाल-खनाल समुहको बैठक बस्दै, ओलिलाई दिएको अल्टिमेटम सकियो

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । कठोर निर्णयका लागि बैठक बस्न लागिएको हो । यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ९ बजेसम्म माग पूरा गर्ने प्रतिवद्धता नआए साढे ९ बजे बस्ने बैठकले कठोर निर्णय गर्नेछ ।

आज विश्वासको मत लिदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । ओलीले विभिन्न राजनीतिक उतारचढावबीच विश्वासको मत लिन लागेका हुन् । आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन् । उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । संसद् बैठकको सुरुवातमा

संवैधानिक परिषदको बैठक सुरु, देउवा र सभामुख सापकोटाद्वारा वहिष्कार

काठमाडौं । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा शुरु बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा उपस्थित छन्। सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बैठक बहिष्कार गरेका छन्। यसअघि परिषद्को मंसिर ३० गते अध्यादेश मार्फत ३२ रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गरिएको थियो। प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बिनै परिषद्को वैठक बसेर उनीहरुको नियुक्ति गरियो अनि संविधानले तोकिएको संसदीय सुनुवाई समेत छलेर नियुक्ति दिइयो।

ओलीलाई नेपाल-खनाल पक्षद्वारा २४ घण्टे डेडलाइन, नभए सांसदहरुले राजिनामा दिने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर आज साँझसम्म कुर्छौ’, एक सांसदले भने । उनका अनुसार