विशेष समाचार

दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको संसद सतिवालयले जनाएको छ । आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले प्रतिलिपि हधिकार (पहिलो संशोधन) विधेय २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख

गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

डीआईजीहरुको पदस्थापनः मधेशमा भट्टराई,कोशीमा बास्तोला

काठमाण्डौं : नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।

बारा-२ मा ३१ उम्मेदवारको जमानत जफत

काठमाडौं । निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत

वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभामा पराजित गौतम २०७७

मतगणना नसकिँदै कांग्रेसका जितनारायणले हार स्वीकार गरे

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।  करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् ।  उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् ।  “निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही

उपनिर्वाचन अपडेट : निरन्तर मतान्तर बढाउँदै उपेन्द्र यादव

काठमाडौं । बारा–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले फराकिलो अग्रता अग्रता लिइरहेका छन् ।  यादवले ११ हजार ४३५ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४६३ मत ल्याएका छन । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।

रास्वपा सभापति लामिछानेको जित निश्चित, ३२ हजार बढी मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ । मंगलबार बिहानसम्म ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार ४५८ छ । उनीहरूबीचको मतान्तर ३२ हजार ६११ हजार छ । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका

१४ हजार बढी मतान्तरले स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । वाग्ले र भट्टराईबीचको मतानतर १४ हजार ६९ छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत

'चितवन २' मा मतान्तर बढाउँदै पहिलो नम्बरमा रवि लामिछाने

चितवन २ को उप निर्वाचनको मत परिणाम हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्रस्थानमा छन्। उनले झन्डै दोब्बर मतान्तर बढाउँदै अघि बढी रहेका छन्। कांग्रेस र एमालेका उम्मेदवारलाई पछाडि पार्दै इच्छा कामना गाउँपालिकामा खसेको कुल मत ९ हजार ४ सय ४४ मध्ये अहिलेसम्मको मत गणनामा रबि लामिछानेले २ हजार ३ सत ३२ मत ल्याउँदै अगाडि छन्। त्यस्तै, एमालेका राम प्रसाद न्यौपानेले १४२७ मत ल्याएका छन् भने कांग्रेसका जित