प्रचण्डले ओलीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रवार एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् । जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘शुक्रवार एमाले अध्यक्षसँग कुरा हुन्छ । ’बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी