विशेष समाचार

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने पाँच दलको निर्णय

गलकोट । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए । केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा

आजवाट मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु

काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारदेखि सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरुवातसँगै आइतबार पहिलो रोजा (व्रत) अधिकांश मुस्लिमहरु बसे । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौँ महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा

प्रहरीलाई हातपात गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ गरिएको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी घाइते भएका

निर्वाचनको लागी १ लाख म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं । स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको प्रहरीले बताएको छ । बजेटमा म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउने छन । ०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ । चैतको पहिलो साता दरखास्त

कार्यक्रममा भाग लिन खेलकुदमन्त्रीको टोली दुबई प्रस्थान

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज एन्टी डोपिङ सम्बन्धी कार्यक्रममा भाग लिन दुबई प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानबाट मन्त्री गहतराज हिजो राति ११ः३० बजे दुबई प्रस्थान गरेका हुन् । उनीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई गएका छन् । मार्च १४ देखि १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराज नेतृत्वको नेपाली टोली त्यसतर्फ गएको

जसपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । जसपा समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बैठक जारी छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको बैठक आज पनि बस्दैछ । पहिलो दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । जसपाका कार्यकारिणी सदस्य मनिष सुमनका अनुसार आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने छ । पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी

श्रममन्त्री श्रेष्ठ युएई जाँदै

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले मङ्गलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे युएईका

आज रुस र युक्रेनवीच वार्ता हुँदै

काठमाडौं । रुस र युक्रेनबीच सोमबार नयाँ चरणको वार्ता हुने भएको छ । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने

नेपालको विकासमा एमसीसीको महत्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे । नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।