विशेष समाचार

दुई जना प्रहरी निरीक्षकलाई हटाउने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् ।

सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजना पक्राउ

बर्दिया । सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा रानीघाट नगरपालिका–२० का २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बढैयाताल गाउँपालिका–८ शितलाबजारमा उक्त गाउँपालिका–८ कण्ठपुरकी ४८ वर्षीया महिलाको सुनको सिक्री चोरेका थिए । सिक्री चोरेर भागेका उनीहरु बुधबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना घाइते भएका छन् । एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्रबहादुर सिंजाली र पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बलबहादुर कामी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कर्णाली

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको प्रतितोला १ लाख ५ हजार पुगेको छ । यसैगरी बुधबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला

एमसीसीबारे जनतालाई बुझाउन आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले जनतालाई बुझाउनुपर्ने बताएका छन् । एमसीसीबारे जनतामाझ फैलाइएको भ्रम चिर्नसमेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहका लागि रुपन्देही पुगेका गृहमन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुनसक्ने सम्भावित क्षतिलाई रोक्न मतदातालाई प्रष्ट पार्न आवश्यक रहेको बताए । एमसीसीको वास्तविकता उजागर गर्न सञ्चारकर्मीलाई पनि

'ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक

काठमाडाैँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । गीतमा अनमोल, सुहाना र सलोन बस्नेतको अभिनय हेर्न पाइन्छ । गीतमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन रहेको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई नायिका  झरना थापाले

'ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकामा हुने

काठमाडौं । नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यले सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । कोरोनाका कारण सन् २०२० र २०२१ मा भने अवार्ड हुन सकेको थिएन । ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी

बयानका लागी नायक पल शाहलाई गैंडाकोट ल्याइयो

नवलपरासी । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुई सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नुवाकोट वेलकोटगढी नगरपालिका– १ का वडा अध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार वडाध्यक्ष तामाङसहितका एक सय बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाध्यक्ष तामाङ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र खादा लगाएर स्वागत गरेका थिए । विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डेदेखि नेकपा एमाले, नेपाली कांग्रेस

कांग्रेस रौतहटको सभापतीमा संस्थापन पक्षका यादव विजयी

रौतहट । नेपाली कांग्रेस रौतहटको सभापतीमा सुनिल यादव विजयी भएका छन् । पार्टीको १४औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट यादव सभापतिमा विजयी भएका हुन् । यादवले जिल्ला सभापतिमा १ हजार ३ सय ६२ मत प्राप्त गर्दा संस्थापनइतरका हृदयनारायण यादवले एक हजार ६४ मत प्राप्त गरे । कांग्रेस रौतहटको सचिव पदमा रामचन्द्र गिरी बाहेक बाँकी सम्पूर्ण पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार नै विजयी भएका छन् । उपसभापति पदमा संस्थापन पक्षका रामलोचनप्रसाद कललार र