विश्व

मोरोक्कोमा ७.२ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भुकम्पबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको जनाइएको छ । मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

पटाका कारखानामा विष्फोट: पाँच जनाको मृत्यु

कलकत्ता । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् । ‘अहिलेसम्म पाँच जनाको शव निकालिएको छ’ अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए । दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

जर्जिया । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन् । सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् । उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो । यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए । यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि

शासनको २ वर्षमा तालिवानद्धारा ७० दलमाथि प्रतिबन्ध

अफगानिस्ता । तालिवान शासन प्रारम्भ भएको दुई वर्षको छोटो अवधिमै अफगानिस्तानमा एकपछि अर्को गर्दै राजनीतिक अधिकार खोसिँदै गएको छ । राजनीतिक अधिकार खोस्दै आएको तालिवान सरकारले पछिल्लो दुई वर्षको अवधिमा मात्र धेरै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राजनीतिक दलमाथि नै प्रतिबन्ध लाग्न थालेपछि मानव अधिकार गम्भीर अवस्थामा पुग्ने चिन्ता व्यक्त हुन थालेको छ । सत्तारुढ तालिवानले ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । मुस्लिमहरूको जीवन शरिया कानुनमा आधारित रहेकाले साँचो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई तीन वर्षको जेल सजाय

लाहोर । तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले उक्त निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । पार्र्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ। यही साउन २० गतेदेखि

पटाका कारखानामा विस्फोट हुँदा ९ को मृत्यु ११५ भन्दा बढी घाइते

बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ । यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई भने कि ११५ जना घाइते भएका छन् र

हेलिकप्टर दुर्घटना हुँदा चार अस्ट्रेलियन सैनिक बेपत्ता

सिडनी। अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो । अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टरदुईवटा हेलिकप्टर तालिम सञ्चालनमा भाग लिइरहेको थियो। त्यसपछि करिब १०ः३० बजे जहाजमा चालक दलका चार सदस्यसहित दुर्घटना भएको थियो । अर्को हेलिकप्टरले तुरुन्तै

इटालीले अर्जेन्टिनालाई १–० ले हरायो

अकल्यान्ड – अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । इटालीले अर्जेन्टिनालाई १–० ले पराजित गरेको हो । इटालीको जितमा खेलको अन्तिम समयमा क्रिष्टिएना जिरेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले बराबरीतर्फ धकेलिएको खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिइन् ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर खेर फाल्यो । तर, खेलको अन्तिम समयमा

‘रअ’को प्रमुखमा सिन्हा नियुक्त

काठमाडौं । भारतको गुप्तचर निकाय रअ(रिसर्च एण्ड एनलाइसिस विंग)को प्रमुख फेरिएका छन् । आइपिएस अफिसर रवि सिन्हालाई भारत सरकारले सोमबार रअको प्रमुख बनाएको छ । हाल प्रमुख रहेका सामान्त कुमार गोयल अनिवार्य अवकाशमा जान लागेपछि सिन्हा नियुक्त भएका हुन् । गोयलले ३० जुनदेखि अवकाश पाउँदैछन् । भारतको बाह्य गुप्तचर निकाय हो रअ। जसले नेपाललाई पनि प्राथिमकतामा राखेर सूचना संकलन र आफुअनुकुल चलखेल गर्दै आएको छ ।