समाचार

मतदानमार्फत जनप्रतिनिधिको मूल्याँकन गर्दै जनमत

काठमाडौं । जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधीको अनुमोदन मुल्याङ्कन मतदान (जनमत संकलन) गर्न सुरु गरेको छ । उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ । जनमत पार्टीको उक्त प्रायासलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रुपमा लिइएको छ । आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरुको काम गराईबाट नागरिक सन्तुष्ट छन् कि

कैदी मृत्यु प्रकरणमा असईसहित १० प्रहरी अनुसन्धानमा

काठमाडौं । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन् ।  संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका १९ वर्षीय विनोद तोलाङ्गी र २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत फेला परेका थिए । तोलाङ्गी मादी नगरपालिका ५ का हुन् भने बलामी नुवाकोट ककनी गाउँपालिका ७ का वासिन्दा हुन् । सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना

सांसद शर्मा पक्राउ परेपछी राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुनिल शर्मा पक्राउ परेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतल निवास पुगेको हुन् ।  मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आजै दिउँसो गल्फुटारबाट पक्राउ गरको थियो । शर्मा पक्राउ परेपछि शीतल निवाससँगै रहेको सीआईबीमा भीड लागेको छ । 

कपनमा महानगरको डोजर चल्दा स्थानीयवासी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो । बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि स्थानिय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप

सर्लाहीको लखन्देखी पुलमुनि पुरुषको टाउको भेटियो

जनकपुरधाम । सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि शरिरबाट छुट्टिएको अवस्थामा एक पुरुषको टाउको फेला परेको छ । सर्लाहीको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुल मुनि बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ ।

देशभर डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म दश हजार ७ सय २६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको

छयानबे घण्टापछी खुल्यो बेनी-जोमसोम सडक

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छयानबे घजण्टापछी (चार दिनपछि) सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोदेखी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको

अविरल वर्षाका कारण देशभरका १ दर्जन सडक अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डसहित १ दर्जन सडक अवरुद्ध भएको हो । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको छ । कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध

बागमतीमा मन्त्रालयको संख्या १२ पुर्‍याइयो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालय फुटाएर १२ पुर्याएका छन् । विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिन उनले मन्त्रालय फुटाएर ११ बाट १२ पुर्याएका हुन् । यसअघि गत जेठ ७ गते प्रदेशको खर्च कम गर्ने भन्दै उनै मुख्यमन्त्रीले १४ बाट तीन मन्त्रालय समायोजन गरेर ११ बनाउन हस्ताक्षर गरेका थिए । तर, उनी ६ महिनामै आफ्नै निर्णयबाट पछि हटेका हुन् । उनले मन्त्री चित्रकारलाई जिम्मेवारी दिन कांग्रेसको