१४ हजार बढी मतान्तरले स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । वाग्ले र भट्टराईबीचको मतानतर १४ हजार ६९ छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत