समाचार

वामदेव गौतम एमाले फर्केर राष्ट्रपति बन्ने चर्चा

काठमाडौं । वामपन्थी नेता वामदेव गौतम यतिखेर बेरोजगार जस्तै छन् । उनीसँग खास पार्टी र जिम्मेवारी छैन । तत्कालीन नेकपा विभाजन हुँदा एमाले र माओवादी कुनै पनि पार्टीमा नलागी ‘नेकपा एकता अभियान’ सञ्चालन गरेर बसेका वामदेवले सोही अभियानलाई पार्टी बनाउने कोसिस नगरेका होइनन् । तर, सफल हुन सकेन । साना–साना केही कम्युनिष्ट झुण्डलाई जम्मा पारेर पार्टी बनाएका गौतमलाई पार्टीकै नेताहरूले कारबाही गरे । त्यसपछि उनी खास जिम्मेवारीमा छैनन् । तर,

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताए ।   प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी  जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।’ आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,

सुशासन र सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड चितवनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन पुगेका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन् । हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १००

नेकपा एसको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागीताबारे टुंगो लगाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समितिको बैठक आज बस्दै छ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले

बांकेको जमुनाह नाकामा कोरोना परीक्षण कडाइ

काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज

‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने

काठमाडौं । चेलिबेटी बेचबिखनको विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्ने भएको छ । सो कम्पनीसँग छलफलका क्रममा रिलिज मिति तय भएको हो । चलचित्रमा सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी,

सुरक्षाकर्मीले नेता तथा कूटनीतिज्ञसँग भेट्दा अनिवार्य अनुमति लिनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन दिएको हो । शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता डा. पोखरेल प्यूठानको झिमरुक गाउँपालिका– ४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ३ दिनमा बालुवाटार सरेका छन् । निजी निवास खुमलटारबाट बुधवार साझ बालुवाटारमा प्रचण्ड सरेका हुन् । यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचण्ड १०÷१० महिना गरी २० महिना बालुवाटार बसिसकेका छन् । आइतवार प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले खुमलटारमै बसेका थिए । देउवा