समाचार

चार्ल्स शोभराज १९ वर्षपछि उन्मुक्त

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको अन्तरालमा खुला आकाश देख्न पाएका चार्ल्स शोभराजले प्रसाशनसँग आफ्नो तस्वीर नखिचाउन अनुरोध गरेका थिए । र, प्रहरीले उनकै अनुरोध बमोजिम अनुहार छोपेर अध्यागमन पुर्याए । अध्यागमनदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म कसैलाई तस्वीर खिच्न नदिइ प्रहरीले उनलाई पुर्यायो । सम्भवत उनले नेपालको खुला आकाश देख्नै पाएन । तर, जहाज चढेपछि शोभराजको एउटा तस्वीर सार्वजनिक भयो । जहाँ वयोवृद्ध शोभराज उन्मुक्त देखिए । कतार एयरवेजबाट फ्रान्स उडेका शोभराज

प्रधान्मन्त्री देउवा र प्रचण्डबीच सहमति जुटेन

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।   शुक्रबार साँझ भएको छलफल शनिबार दिउँसो फेरि छलफल गर्ने गरी सकिएको हो । प्रचण्ड निकट एक नेताले भने, ‘शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको छ । छलफल सकारात्मक भयो ।’ शनिबार

बङ्गलादेशसँग नेपाल पराजित

काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको

सीके राउतविरुद्ध राजविराजमा प्रदर्शन

सप्तरी । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला परिषद् र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् । संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा

४० जिल्लाका गुप्तचर प्रमुख फेरिए

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा व्यापक हेरफेर भएको छ । एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख फेरिएका छन् । सरुवा अनुसार चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली, सुदीप अधिकारीको सिन्धुपाल्चोक, राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, नरेन्द्र गिरी कपिलवस्तु, हुमकान्त पाण्डे रुपन्देही, वीरेन्द्र सिंह कार्की बाग्लुङमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट

गृहमन्त्रीद्वारा सिडिओको सरुवा

काठमाडौं । पदबाट हट्न लागेका गृहमन्त्री बालकृष्ण खाणले विभिन्न जिल्लाका सिडिओको सरुवा गरेका छन् । बिहिबार रसुवा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको हो । रसुवामा प्रकाशचन्द्र अधिकारी तथा म्याग्दीमा तुलसीराम पौडेललाई खटाइएको छ । मनाङमा सुप्रभा खनाललाई सिडिओ बनाइएको छ । मनाङका प्रजिअ रवीन्द्र प्रसाद आचार्यलाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । मन्त्रालयका उपसचिव बसन्त भट्टराईलाई सोलुखुम्बुको सिडिओ बनाइएको छ । सोलुखुम्बुका प्रजिअ अनिल खनाललाई इलाका उर्लाबारी

गठबन्धनका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ-प्रधान्मन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब बिलम्ब नहुने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।   प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने समेत बताए । उनले भने, ‘गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ । नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन ।’ सोक्रममा भट्टराई र यादवले

सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै गठबन्धनको सरकार बन्ने बताएका छन् । बिहीबार शपथ ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सहजैरुपमा गठबन्धनको सरकार गठन हुने बताएका हुन् । उनले भने, ‘सहजैरुपमा निर्वाचन सम्पन्न भयो, शपथ ग्रहण पनि सम्पन्न भयो । अब सरकार पनि सहजै गठन हुन्छ र गठबन्धनकै सरकार बन्छ ।’ साथै, अध्यक्ष प्रचण्डले पद बाँडफाँट र सरकार गठनका लागि छिट्टै गठबन्धनमा छलफल हुने र सहमति

नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन भइनसकेकाले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जेष्ठ सदस्य जवराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि

सन्दीप लामिछानेको पेशी सर्‍यो

काठमाडौं । नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ । उच्च अदालत पाटनमा बिहीबारका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन् । उनले अब