समाचार

भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आउने भएका हुन् । उनी भदौ २३ सम्मनेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

काठमाडौंमा डेंगुका बिरामी बढे

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा डेंगुको प्रकोप बढी हुने गरेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ३ महिनादेखि हालसम्म देशभर १ हजार ९ सय २३ जनामा डेंगु पुष्टि भइसकेको छ । उपत्यकाको ललितपुरमा सबैभन्दा धेरै डेंगु संक्रमित रहेका छन् । ललितपुरमा ५ सय २९ जनामा डेंगुको संक्रमण

एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ । पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको

समानुपातिकका लागि दल दर्ता भदौ १० देखि

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौं सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग

महाभियोग सिफारिस समितिको बैठक आज बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौभित्र  जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्ने भएको छ । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश

कर्मचारीको पक्षमा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ‘कर्मचारी समायोजन कानुनविपरीत भएको’ भन्दै दायर भएका रिटमा परमादेश जारी गरेको छ । कानुनविपरीत भएका निर्णय सच्याउन सम्बन्धित मन्त्रालयलाई परमादेशमार्फत आदेश दिइएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिएका छन् । समायोजनविरुद्ध कर्मचारीले प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, संघीय मामिला मन्त्रालय लगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । यसैबीच, सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजनविरुद्ध निजामती कर्मचारीले दायर गरेका रिटहरु खारेज गरेको छ । जसमा लोक सेवा आयोग

निर्दोष भावनालाई फसाउन प्रहरीदेखी अदालतसम्म सेटिङ

काठमाण्डौ । विदेशमा सफल ब्यवसाय गरिरहेकी एक नेपाली चेलीलाई एक पुरुषले प्रहरीसँग मिलेर झुठो मुद्दा लगाएर जेलमा पुर्याएका छन् । महिलाले हनीट्रयापमा पारेर पुरुष फसाएका घटना त धेरै छन्, तर पुरुषले प्रहरीसँग मिलेर महिलालाई फसाएको घटना भने बिरलैै सुन्न पाइन्छ । जापानमा व्यवसाय गर्ने महिला भावना तामाङलाई फुर्वा तामाङले प्रहरीसँग मिलेर फसाएका छन् । फुर्वाको योजनामा प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मले साथ दिएका छन् । नेपाली चेली भावना तामाङ सन् २००७

बन्दको प्रभाव न्युन

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् । जसमा नेकपासँगै श्रषि

रवि लामिछानेको पार्टीका पदाधिकारी नियुक्त

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ। बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। उता,

मिटरब्याजीविरुद्ध काभ्रे प्रशासनमा उजुरी

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा