थप ५५४ संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार नाघ्यो
काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो । २४ घण्टामा थप ६ जना