समाचार

जनवरीमा बुबा बन्दै विराट कोहली

एजेन्सी । भारतका चर्चित क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मा बुबाआमा बन्दैछन् । भारतिय मिडियाका अनुसार विराट जनवरीमा बुबा बन्न सक्ने भएकाले उनले अष्ट्रेलियासँगको म्याच छोड्न सक्ने बताइएको छ । भारतीय क्रिकेट टीम ११ नोभेम्बरमा अष्ट्रेलिया जाँदैछ । कोहलीले म्याच छाड्ने भएमा वा विदामा बसेमा रोहित शर्मालाई जिम्मेवारी दिन सक्ने बताइएको छ । अनुश्काले  अगस्ट २७ मा आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । अहिले भने

नेपाल राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको

विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको

धुर्मुसको यति आकर्षक मुर्ति बनाउने युवक को हुन् ?

काठमाडौं – चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा व्यस्त छन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनि अहिले क्रिकेट रंगशाला बनाउन दिनरात नभनि खटिरहेका छन् । यसैबीच हालै एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा धुर्मुस चकित परे । भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका छन् । मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ

फेवातालमा चल्न थाले डुंगा, बढ्यो पर्यटक चहलपहल

कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउन पछिको अवस्थामा आन्तरिक पर्यटन

कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् । उनीहरुलाई शनिवार बिहान प्रहरीले १ थान पेस्तोल र म्याग्जीन सहित पक्राउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा बुधबार सात आठ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३

भट्टराई दम्पत्तिको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसअघि कात्तिक ७ गते गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिनपछि दोस्रोपटक कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको जनाइएको छ । डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोनाको लडाइँ केही लामै हुने बताएका छन् । उनले लेखेका – ‘बुढाबुढी सँगसँगै कोराना विरुद्ध मोर्चा

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङस्थित मध्यनेपाल नगरपालिका-२ का ४७ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कार्तिक २० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई कार्तिक २१ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

देशभर चिसो बढ्यो, काठमाडौंमा आज वर्षकै कम तापक्रम

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानीनजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र