समाचार

कतारमा ३५ जनाले गरे रक्तदान

दर्शन सुनार, कतार : लुम्बिनी प्रदेश समन्वय परिषद कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशले आफ्नो “पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको” अवसर पारेर नेपाली रक्तदाता संघ सँग समन्वय गरेर वृहत रक्तदान कार्यक्रम सप्पन्न गरेको हो । कतारको सरकारी हमद हस्पिटलमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । “रक्तदान नै जीवनदान” भन्ने मुल

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै उनी अध्यक्षमा निर्विरोध भएका हुन् ।यद्यपी यसको औपचारिक घोषणा हुन भने बाँकी छ । टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि

सहकारी अपलचनमा अध्यक्षसहित १९ जना दोषी ठहर

नेपालगंज । जिल्ला अदालत बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर/सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै

आज ३०२औँ पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।  विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको

सर्लाही अदालतमा बम्जनलाई उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति सर्लाही ल्याएको थियो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । यवतीमाथि यौन दूराचार तथा अनु्यायी बेपता बनाएको आरोपमा उजुरी आएपछि २०७६ सालमा बम्जनविरुद्ध पक्राउ पूर्जी जारी गरी प्रहरीले

काठमाडौँको टुँडिखेलमा माघी महोत्सव लाग्ने

काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ ।  पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने छ । हालसम्म ४० वटा बुक भइसकेको उनले जनाए

सातै प्रदेशका प्रहरी प्रमुख फेरीए: कोशीमा खापुङ,मधेस प्रदेशमा पोखरेल

काठमाडौं । प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । आज मंगलबार गृह मन्त्रालयले गरेको डीआईजीहरुको सरुवामा सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिएका छन् । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

चिसो बढेसँगै तराईका भू-भागमा हुस्सु र कुहिरो

काठमाडौं : केहीदिनयता चिसो बढेसँगै तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मंगलहार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन. वानको सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.वान पुष्टि भएको हो

बरहथवा घटना: तीन दिनसम्म पनी उठेन जयशंकरको शव

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । तर, आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा साहको शव तून द्न भैसक्दा पनि घटनास्थल (सडक)बाट उठाइएको छैन । मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट