पोखरामा सुन,चाँदी र नगदसहित भारतीय नागरिक पक्राउ
पोखरा । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए । पोखरा–२ मोहरिया टोलस्थित कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रुपमा काम गर्दै