क्यानडामाथि नेपालको रोमान्चक जित


  • क्यानडामाथि नेपालको रोमान्चक जित

    काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ । 

    कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो । जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो ।



  • २२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।

    ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे। यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *