‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा


  • ‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा

    काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन ।

    यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए ।



  • चैत्र महिनाबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रले सामाजिक कथावस्तुलाई हाँस्य शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

    निर्माता कडरियाले दिनेश राउतको निर्देशनमा चलचित्र ‘गाउँ नै रमाइलो’ निर्माणको पनि घोषणा गरिसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *