समाज

इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्दार सुरु

काठमाडौं । इजरायल र प्लालेस्टानी विद्रोही हमासबीच युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालेको हो । दूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालेको जनाएको हो । दूतावासका अनुसार केही

इजरायलमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । इजरायल युद्धमा हालसम्म कम्तीमा ११ सय जनाको मृत्यु भएको छ । चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको हो । शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्

सशस्त्रले दशैं तिहारमा निःशुल्क २ वटा बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ,

दशैमा घर जाने यात्रुमा उत्साह,बसपार्कमा बिहानैदेखी लाइन

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई

चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन । सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक

तुइनको डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह कर्णाली नदीमा खसे

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने

प्रधानसेनापति शर्मा आज बेलायत जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार बेलायत जाँदै छन् । उनी बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको औपचारिक निमन्त्रणामा बेलायत जान लागेका हुन् । ६ दिने भ्रमणका अवसरमा प्रधानसेनापति शर्माले त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्याण्डहर्स्टको भ्रमण गन कार्यक्रम रहेको छ । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि सहभागी हुँदै आएका छन् ।

इरानको जेलमा रहेकी ५१ वर्षीया नरगिसलाई २०२३ को ‘नोबेल शान्ति पुरस्कार’

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।

सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु भएको छ । भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं चाहाचल बस्ने ३२ वर्षीयाा चालक आकृति शर्माको मृत्यु भएको हो । बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ ।