नेपाल प्रहरीका नवनियुक्त इन्स्पेक्टरले लगाए फूली
काठमाडौं । जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय सात जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए