समाज

बझाङ जीप दुर्घटना: सातै जना मृतकको सनाखत

बझाङ । बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो

सुपर १२ मा पुग्न निर्णायक खेल खेल्दै श्रीलंका

एजेन्सी । श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ मा पुग्न आज निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल विहान ९ः ४५ बजे जिलोङमा सुरु हुनेछ । यस खेलको विजेता सुपर १२ मा स्थान बनाउने पहिलो टोली बन्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा भने समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । नेदरल्यान्ड्स ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स पराजित हँुदा भने अन्य टोलीको नतिजामा निर्भर पर्नेछ । नेदरल्यान्ड्स

बझाङ जीप दुर्घटनामा मृत्यु हुने चारको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट

घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने

विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर

ताप्लेजुङको मैवाखोलाना ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्ङटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती याम्फेवा खोा छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टरमा सवार चारै जनाको मृत्यु भएको ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । ज्यान गुमाउनेमा चालक मैवाखोला–५ काम्साङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया

सशस्त्र प्रहरीको एआइजीमा वंशी दाहाल बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन् । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो । सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।

सरकारले कार्तिक २ र ३ गते  बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै

काठमाण्डौं । सरकारले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन

मोटरसाइकल ठोक्किँदा झापामा दुई जनाको मृत्यु

झापा । झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक  झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही

तिहारमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाण्डौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

गृह मन्त्रालयले गर्यो प्रहरीमा छड्के

काठमाडौं । सुरक्षा निकायमा विकृति बढेको गुनासोपछि गृह मन्त्रालयले छड्के थालेको छ । हालै तीन जिल्लामा गृह मन्त्रालयले छड्के गर्दा धेरै विकृति भेटिएका छन् । सहसचिव डा भीष्मराज भुसाल नेतृत्वको टोलीले पूर्वको झापा, मोरङ र सुनसरीमा आकस्मिक निरीक्षण गरेको हो । जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिडिओहरुको समेत कतिपय गतिविधि गैरव्यावसायिक भएको पाइएको स्रोत बताउँछ । समितिले केही दिनमै गृहसचिव विनोदप्रकाश सिंहलाई बुझाउने तयारी गरेको छ । जस आधारमा