तस्करीपछि सशस्त्र प्रहरीमा हलचल
काठमाडौं । सप्तरीमा जवानबाट असइको हत्या भएको घटनाले सशस्त्र प्रहरीमा हलचल मच्चिएको छ । यो घटनापछि तराईमा कार्यरत घुस्याहा प्रहरीलाई तत्काल हटाउनुपर्ने आवश्यकता देखिएको छ । जवान होमबहादुर खत्री र असइ सत्यनारायण यादवबीच झगडा हुँदा यादवको हत्या गरिएको छानबिनमा खुलेको छ । दुवै जना बदनाम थिए भने पटक–पटक कारबाही भोगेका प्रहरी हुन् । उनीहरुलाई त्यहाँबाट सरुवा गराउन खोज्दा पनि नेताहरुले रोकेका थिए । सो घटनाको प्रमुख कारण सीमामा हुने तस्करी