महावीर पुनलाई ‘भवन कीर्ति पुरस्कार’ प्रदान गरिँदै
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनले एक करोड रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने भएको छ । नेपालकै ठूलो धनराशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्न लागिएको हो । नेपालको विकासमा पुन पु¥याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ । बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन










