समाज

डेंगीको संक्रमण ७२ जिल्लामा फैलियो

काठमाडौं । डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । अझै २ महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन् । गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

काठमाण्डौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय

एक वर्षमा ३४ युट्युब च्यानललाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षको अवधिमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले २०७८ साउन १ गतेदेखि आजको मितिसम्म गरेर ती युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको (साइबर ब्युरो)लाई सिफारिस गरेको हो । काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रबीच भाइचाराको सम्बन्धमा खलल

खोलामा डुवेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् । खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै

चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्। घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन। बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए। ‘वडाअध्यक्षमार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो।

ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक आज बिहान सडकको बीच भागमै पल्टिएको हो । ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ । क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।

म्यादी प्रहरी भर्ना दसैंपछि खुल्ने

काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीको दसैंपछि भर्ना खुल्ने भएको छ । दसैंको विदा सकिएपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया थाल्ने तयारी प्रहरीले गरेको छ । यसपालि पनि प्रहरीले ४० दिनका लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । सरकारले आइतबारै १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ । म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको

चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मलाहिटोल छेउमा मंगलबार बिहान परेको चट्याङले खेतमा काम गरिरहेका ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारीको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् । चट्याङले ४० वर्षिया सैलिदेवी सामान्य घाइते भएको डिएसपी सिहंले बताए ।

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

धनगढी । कञ्चनपुरमा सोमबार बेलुका जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाटामा जंगली हात्तीको आक्रमणमा परेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेdf सिमलफाँटाका कालुराम जोशीकी २२ वर्षीया मीना जोशी रहेकी छन्। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। घटनाको मुचुल्का उठाएर शव परीक्षणका राति नै महाकाली प्रादेशिक अस्पताल लगिएकाे

आज हरितालिका तीज,  महिलालाई बिदा

काठमाडौं । आज हरितालिका तीज पर्व हर्षाेल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यद्यपि, तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । आजका दिन