बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुगमन गरिने भएको छ। धादिङको धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले गएराति भएको सहमतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए। आज