ब्राउन सुगरसहित बिर्तामोडबाट अटोचालक पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड–४ पुरानो बिजुली अफिस छेउमा लागुऔषध ब्राउन सुगरसहित अटोचालक पक्राउ परेका छन् । बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोचालक ४० वर्षिय उमेश चौधरी पक्राउ परेका हुन् । उनको साथबाट ४ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । चौधरीलाई थप सोधपुछ गर्दा बिर्तामोड–३ बस्ने प्रतीक्षा चौधरीसमेतको संलग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५










