भव्य बन्यो मोना कतारको ५ औं विविध साँस्कृतिक कार्यक्रम
दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । मोना कतारले शुक्रबार टयुनिसियल स्कुलको सभाहलमा संघको “२१ औ वार्षिकोत्सव” को अवसर पारेर मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” सम्पन्न गरेको हो । विधिगत उदंघाटन पञ्चेबाजासहित समुद्घाटन गर्दै केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा म्याग्देली चेली यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित मौलिक थाली