राजनीति

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए । रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे शपथ ग्रहण गर्दै छन् ।

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् । मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् । उनले भनेका

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ ।

प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनलाई अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने छिन् । प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेपछि राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय

तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालकोटमा भएको एमाले, माओवादी सहितका दलहरूको बैठकले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने सहमति गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल

प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।

पुष १५ गते सातै प्रदेशका मुख्यमन्त्री देउखुरीमा भेला हुँदै

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा भेला हुने भएका छन् । मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन पुष १५ गते सातै प्रदेशका मुख्यमन्त्री हालै कार्यान्वयनमा आएको प्रदेशको स्थायी राजधानीमा देउखुरीमा भेला हुने भएका हुन् । अहिले मुख्यमन्त्री सम्मेलनको तयारी भइरहेको र १५ गतेको मिति लगभग टुंगो लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले जानकारी दिए । गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र

प्रधान्मन्त्री देउवा र प्रचण्डबीच सहमति जुटेन

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।   शुक्रबार साँझ भएको छलफल शनिबार दिउँसो फेरि छलफल गर्ने गरी सकिएको हो । प्रचण्ड निकट एक नेताले भने, ‘शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको छ । छलफल सकारात्मक भयो ।’ शनिबार

सीके राउतविरुद्ध राजविराजमा प्रदर्शन

सप्तरी । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला परिषद् र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् । संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा

गृहमन्त्रीद्वारा सिडिओको सरुवा

काठमाडौं । पदबाट हट्न लागेका गृहमन्त्री बालकृष्ण खाणले विभिन्न जिल्लाका सिडिओको सरुवा गरेका छन् । बिहिबार रसुवा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको हो । रसुवामा प्रकाशचन्द्र अधिकारी तथा म्याग्दीमा तुलसीराम पौडेललाई खटाइएको छ । मनाङमा सुप्रभा खनाललाई सिडिओ बनाइएको छ । मनाङका प्रजिअ रवीन्द्र प्रसाद आचार्यलाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । मन्त्रालयका उपसचिव बसन्त भट्टराईलाई सोलुखुम्बुको सिडिओ बनाइएको छ । सोलुखुम्बुका प्रजिअ अनिल खनाललाई इलाका उर्लाबारी