राजनीति

प्रचण्डले चितवन-३ छाड्ने संकेत

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन, चितवनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ नछाड्न आग्रह गरको छ । पाँच दलीय गठबन्धन, चितवनका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै लड्न अपिल गरको हो । प्रचण्ड अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पाँच दलीय गठबन्धन, चितवनले जारी

समानुपातिक बन्दसूचीबाट‍ हट्यो महराको नाम

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ । माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताए । ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि हितराज पाण्डेको नाम राखिएको गरिएको हो‚’ उनले भने ।

समानुपातिक सूची सच्याउने आज अन्तिम दिन

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएका त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय आज सकिँदैछ । मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका छन् । तीमध्ये १२ दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आइतबार अर्थात आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६

इटहरीका  निवर्तमान मेयर द्वारिकलाल माओवादी केन्द्र प्रवेश

काठमाडौं । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमल्टरमा चौधरीलाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । स्रोतका अनुसार प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि चौधरी माओवादी प्रवेश गरेका हुन् । नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य

साँझ ५ बजेसम्म समानुपातिकको सूची सच्चाउन देउवालाई अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले आज साँझ ५ बजेसम्म सभापति शेरबहादुर देउवालाई समानुपातिकको सूची सच्चाउन अल्टिमेटम दिएका छन् । संस्थापनइतर शेखर कोइराला र गगन थापा निकटका नेताहरुले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै संघर्षमा उत्रिएका आएका छन् । संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले शनिबार साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिएको बताएका छन् । सूची नसच्चाए देशब्यापी विद्रोह गर्ने चेतावनीसमेत

ज्येष्ठ नागरिकको सम्मान र पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य हो : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी छन् । ज्येष्ठ नागरिक आफ्नो जीवनभरीको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले

उम्मेदवार छान्न ओलीलाई एकलौटी अधिकार

काठमाडौं । Oपछिल्लो समय पार्टीको सबै पावर आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गर्ने एकलौटी अधिकार पाएका छन् । बिहीबार मध्यरातसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा एकभन्दा बढी आकांक्षीको

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाण्डौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

बजार अनुगमन गर्दै काठमाडौं महानगर

काठमाण्डौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले