प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया जतिसक्दो छिटो टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आएका छन् । यसैक्रममा उनले आज प्रहरी समायोजन छिट्टोभन्दा छिट्टो टुंग्याउन निर्देशन