विशेष समाचार

सचिव राउतसहितको रिटमा आज पनि सुनुवाइ

काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त मुद्दा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा

चलखेलकै  कारण घटाइयो प्रहरीमा लेखापालको पदावधि

काठमाडौ । नेपाल प्रहरीमा लेखापालको पदावधि घटाइएको छ । गत वर्ष ८ वर्ष बनाइएकोमा गृह मन्त्रालयको निर्देशनमा ६ वर्ष बनाइएको छ । चलखेलकै आधारमा पदावधि घटाइएको स्रोत बताउँछ । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटीले ६ वर्षमा झार्ने निर्णय गरेको हो । गृह मन्त्री निकट व्यक्तिहरुले यसका लागि चलखेल गरेका थिए । गत वर्ष पनि आर्थिक चलखेलकै आधारमा ६ बाट ८ वर्ष बनाइएको थियो । त्यसका लागि लेखापालहरुले मोटो रकम खर्च गरेका

सशस्त्र प्रहरीका ६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । कानून तथा लेखा उपसमुहका बढुवा सिफारिस भएको हो । लेखातर्फ प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेश कुमार सिंहको सिफारिस भएको छ । कानुनतर्फ सत्यदेवी बस्नेत डिएसपीमा सिफारिस भएकी छिन् ।प्रशासनतर्फको बढुवा भने सशस्त्र प्रहरीमा अन्योल छ ।

आजबाट जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल चल्ने

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने महाप्रबन्धक झाले जनाए । अहिले जनकपुरधामदेखि जयनगरसम्म

जीप दुर्घटना हुँदा पर्वतमा एकको मृत्यु, ११ जना घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट

निगममा ३० एयर होस्टेजका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको एयर होस्टेज पदमा दरखास्त आह्वान गरेको हो । रिक्त रहेको ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ । योग्य नेपाली नागरिकले सुचना जारी भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । प्रवीणता

प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् । उनले सो प्रस्ताव माथीको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ

सप्तकोशीमा खस्यो ट्रक,  तीन जनाको सकुसल उद्धार

सप्तकोशी नदीमा ट्रक खसेको छ। आज शुक्रबार बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी प्रहरीका

मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती (तस्बिरहरू)

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित

नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पहिलो खेल पाकिस्तानको ‘ए’ टिमसँग खेल्दैछ । खेल नेपाली समय अनुसार श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा बिहान १०ः १४ बजेबाट सुरु हुनेछ । नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् ।