अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले लामो कानुनी लडाइँपछि दुई लाख दिने निर्णय कार्यान्वयन हुन लागेकाले निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरुलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध