विशेष समाचार

बाँके प्रहरीद्धारा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद

नेपालगंज: बाँके प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । खुला सिमानाका भएकै कारण भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बरामद गरेको हो । कपडा,जुत्ता, चिनी, सुर्ती, प्रफ्युम (सेन्ट), लागायतका समानहरु फेला पारी बरामद गरिएको बांके प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय

पाटे बाघको छालासहित नेपालगन्जबाट १ जना पक्राउ

नेपालगंज: पाटे बाघको छालासहित नेपालगन्जबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउसो नेपालगन्ज २ पुष्पलालचोकस्थित रोयल महाबुब होटलबाट सुर्खेतका चन्द्र बहादुर कार्कीलाई पक्राउ गरेको हो । होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको कोठा न. १०१ भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई पाटे बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो । कार्कीले हरियो

मोरङमा श्रीमतीको हत्या पछी श्रीमानले पनी गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा बमबहादुर लिम्बुले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । राती श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमानले बमबहादुरले पनि आत्महत्या गरेका हुन् । बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीय गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। बमबहादुरले श्रीमतीको टाउकोमा दाउले हानेको र प्रहरीले जनाएको छ । गीताको शरीरका विभिन्न भागमा समेत चोट

सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका -१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो । ५/ ६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र

बागलुङ बस दुर्घटना: ९ को मृत्यु, २८ जना घाइते 

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । दुर्घटनामा

सर्लाहीमा प्रहरीले गोली चलायो, दुई जना नियन्त्रणमा

काठमाडौँ । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।  राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा

बन्दुकसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि

सुन तस्करी प्रकरण: महरालाई सीआईबी कार्यालय पुर्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा पुर्याइएको छ ।  पूर्वसभामुख समेत रहेका उनलाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि सोही अनुसार प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । सीआईबीले महरासँग यसअघि पनि बयान लिएको थियो

युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनी सेनाले बन्दक बनाइएका ५ नेपालीसहित ८ जना विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । रुसी सेनामा भती भई युक्रेनसँग युद्ध लड्न पुगे राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनले बन्दी बनाएको थियो । युक्रेनी सेनाले सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक–एकजना सोमालिया र सियरालियोनाका नागरिक

सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेतमा काम गरेर फर्किने क्रममा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्र पल्टिएको थियो ।  दुर्घटनाको बेला ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए । उनी भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय