महोत्तरीको एकै गाँउका ५ किशोरी सम्पर्कविहीन
काठमाडौं । महोत्तरीको औरही नगरपालिका–२ का पाँचजना किशोरी सम्पर्क विहीन भएका छन् । एकै गाँउका ५ जना किशोरी दुई दिनदेखी परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार औरही नगरपालिका–२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा मंगलबार देखि सम्पर्कविहीन भएको हो । गत मंगलबार दिउँसो साढे