सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका