समाचार

इलाम २ मा सुहाङ ५८३० मतान्तरले विजयी

इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिवंगत संविधानसभा अध्यक्ष एवं

पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

हुम्ला । हुम्लाका रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ। मन्त्रालय भने तोकिएको छैन। यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए। मुख्यमन्त्री कँडेलले बिहिबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। कर्णाली प्रदेशमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी

गठबन्धन जुनसुकै समयमा पनी टुट्न सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गर्दै आशंका व्यक्त गरेका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन् । नयाँ गठबन्धनमा आफूहरुले सहज नमानीरहेको उनको भनाई थियो । ‘गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसैले कतिन्जेल टिक्छ भन्न सकिँदैन ।

आईजीपी कुँवर फ्रान्स प्रस्थान,निमित्तको जिम्मेवारी राईलाई

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन उनी फ्रान्स गएका हुन् । इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा

किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।  उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् । रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् ।  पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो ।

भव्य तरिकाले सकियो स्याङ्जा सहयोग समाजको साँस्कृतिक कार्यक्रम

दर्शन सुनार/कतार: “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम भव्य तरिकाले सकिएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार खुमन अधिकारी, कमला गैर्हे र अस्मिता रनपालले धमाका मच्याउन सफल भए। शुक्रबार दोहाको अल लक्ता स्थित  ट्युनिसियन स्कुलको विशाल सभाहलमा स्याङ्जा सहयोग समाजले १९ औं वार्षिकोत्सव तथा राम्दीघाट वृद्धाश्रम सहयोगार्थको लागि आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुसँगै नेपालबाट आमन्त्रित

गैर आवासिय नेपाली संघद्वारा स्वर्गीय आलमको सम्झनामा शोक सभा

दर्शन सुनार/कतार : गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले स्वर्गीय मकसुद आलमको सम्झनामा शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पुर्व अध्यक्ष श्री मकसुद आलमको असामायिक  निधन भएको सातौ दिनमा आलमको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार सांझ सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली संघले शोक सभा कार्यक्रम